सबै सक्रिय लगानीकर्ता ब्रोकर हुने अवस्था छः स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीकाे बिश्लेषण

May 12, 2023 04:49 PM merolagani

प्रियराज रेग्मी

शेयर भनेको लगानीको अंश हो। प्रतिफल र जोखिम शेयरसँग जोडिएका पाटाहरू हुन। शेयर बजार जोखिम भएको बजार हो। यहाँको लगानी खुद्रा पसलेले होलसेल बजारबाट बस्तु ल्याएर नाफा जोडी उपभोक्तालाई बेचेजस्तो होइन।

शेयर बजारको जोखिमलाई प्रभाव पार्ने पक्षहरू धेरै छन्। नीति, पूर्वाधार, ज्ञान, क्षमता, औजार, खेलाडीहरूको सोच, पारदर्शिता र जबाफदेहिता आदि। अहिले शेयर बजारलाई खेल रूपमा हेर्दा सरकार र नियामक प्रायोजक एवं रेफ्री हुन, स्टक एक्सचेन्ज आयोजक एवं खेल मैदान हो,  लगानीकर्ता, डिलर्स, ब्रोकर, मर्चेन्ट बैंकर्स, पेाटफेालियेा म्यानेजर, योग्य संस्थागत लगानीकर्ता, सूचीकृत कम्पनीका साउँजीहरू खेलाडी हुन भने सूचीकृत शेयर, डिवेन्चर, म्युचल फण्डहरू, (डेरिभेटिप्स, अप्सन, फर्वाड्स, इटिएफएस, सर्ट सेल आदि जुन नेपालमा छैनन्) खेलका साधन/औजार हुन् ।

खेल राम्रो हुन सरकार/नियामक यानिकि रेफ्रिले सराेकावालाकाे हितमा निष्पक्ष हुनु पर्छ, खेल मैदान सुबिधा सम्पन्न हुनु पर्छ, खेल खेल्दा खेलाडी घाइते भएमा उपचार गर्ने र खेल नरोकिनेसम्मको हुनु पर्छ, खेलाडीहरू तोकिएको सङ्ख्यामा निश्चित उमेर समूह, तौल, आकार प्रकारमा वर्गीकरण गरी तत् तत् समूहमा पर्तिस्पर्धा गर्ने हुन पर्दछ भने खेल्ने औजारहरूको जोखिम खेलाडीहरूले बहन गर्न सक्नेसम्मको हुनु पर्छ वा एउटा औजारले काम नगरेमा काम गर्न सक्ने अर्को औजार खेलाडीले पाउनु पर्छ।

मैले यहाँ खेल मैदान, खेलाडी र औजारको मात्र कुरा गर्न चाहे । हामीसँग खेल मैदान छ तर यो जीर्ण छ, प्रविधि र सुबिधा छैन । मैदान राम्रो बनाउने दुइटा उपाय मध्ये नयाँ बनाउने वा भएकोलाई मर्मत सम्भार गरी राम्रो बनाउने । नयाँ बनाउने बाटो तत्कालका लागि सरकारले बन्द गर्याे रे । यसको पक्ष विपक्षमा बहस गर्न सकिएला तर गरिन ।

यसका खेलाडी मध्ये साधारण लगानीकर्ताहरू बजारको अवस्था हेरि भित्रिन र बाहिरिन सक्छन् । यो उनीहरूको ज्ञान,अध्ययन र क्षमतामा भर पर्छ । यसमा कसैलाई रोक बन्देज छैन । तर यसमा संलग्न व्यवसायी र अन्य सरोकारवालालाई यही रहनु पर्ने बाध्यता छ, यहाँबाट निस्कन त्यति सहज छैन ।

स्रोतको सङ्कलन, परिचालन, लगानीको मूल्याङ्कन र तरलता दिने यो प्रणालीमा जनसङ्ख्याको करिब २० प्रतिशतको हाराहारीले आफ्नो बचत संञ्चित गरेका छन् । स्थायी खेलाडीको रूपमा १०औ लाखले आंशिक पेसा बनाएका छन्, उनीहरूको लगानी स्वाहा भएर  विस्थापित हुने देखिदै छ । हाल तिनको बिचल्ली छ ।  ५० पुराना ब्रोकर थिए, ४५ थपिएर ९५ हुँदैछन्,  ४२ मर्चेन्ट बैकर्स, ८३ डिपी, ४३ म्युचल फण्ड छन् । यसलाई राम्रोसँग नियाल्ने हो भने सबै सक्रिय लगानीकर्ता ब्रोकर हुने अवस्था छ भने सूचीकृत संस्थाका प्रर्बद्धकहरू त घुमाई फिराई मुख्य खेलाडी नै बने । निश्चय नै स्थायी खेलाडीको भविष्य चाहिँ खेल मैदान र खेलका सामग्री यानिकि अैाजारको पर्याप्ततासँग निर्धारण हुन्छ।

कमजोर खेल अैाजार लिएर जीर्ण खेल मैदानमा आवश्यकता भन्दा बढी खेलाडीहरूले खेल खेल्न थालेमा खेलाडीहरू घाइते हेालान, भड्खालोमा पर्लान् वा परिणाम त्यति सकारात्मक नआउला भन्ने हो ।

अव यसका स्थायी खेलाडीहरूका नेताहरूले सामाजिक सञ्जालमा यस्तो हुनु पर्ने भएन भनेर लेखेर बस्छन् वा एकले अर्कालाई खुइल्याउन लाग्छन् वा गाली गरेर बस्छन् वा कोठे बैठक, कानेखुसी मात्र गर्छन् अनि केजाति झर्छ र खाउँला भनेर बस्छन् वा यस्तै यस्तै गरी बस्छन् वा सबै सरोकारवालालाई गोलबद्ध गराई/भई खेल खेल्न मौसम त्यति सफा नभएको यो समयमा त्यही पुरानो खेल मैदानको उचित मर्मत सँभार गरी सुबिधा सम्पन्न बनाउन र खेल सामाग्रीहरूको सङ्कलन, उत्पादन गर्न, भित्राउन सकारात्मक रूपले दबाब दिएर परिणाम निकाल्छन्? हेर्न बाँकी छ । आशा छ राम्रो गर्न सकुन्। मैले यस क्षेत्रमा २०औ वर्ष पसिना सञ्चित गरेको र आफ्नो पेसाको हित र मर्यादित बनाउन केही वर्ष नेतृत्व समेत गरेकाले ब्यत्तिगत रूपमा टिप्पणी गरेको हुँ ।  सोही रूपमा बुझिदिनहेाला ।

पूँजी बजारको जय होस् । पेसाको कल्याण होस् । साना लगानीकर्ता भगवान् हुन तर निरीह छन्। 

 

(रेग्मी नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष हुन्l यो उनको ब्यक्तिगत विचार हो)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।