नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले पायाे अनुमति

May 23, 2023 08:02 PM Merolagani



नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट प्रहरीले अनुमति पाएको छ। पक्राउ परेको १६ जनालाई आज म्याद थपका लागि अदालतमा पेश गरिएको थियो ।

अदालतले आरोपीहरुलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयले अबको २ दिनभित्र नै अदालतमा अभियोजन दर्ता गर्नुपर्छ।

हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायत १६ जनालाई पक्राउ गरेको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।