नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले पायाे अनुमति

May 23, 2023 08:02 PM Merolagani



नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट प्रहरीले अनुमति पाएको छ। पक्राउ परेको १६ जनालाई आज म्याद थपका लागि अदालतमा पेश गरिएको थियो ।

अदालतले आरोपीहरुलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयले अबको २ दिनभित्र नै अदालतमा अभियोजन दर्ता गर्नुपर्छ।

हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायत १६ जनालाई पक्राउ गरेको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।