समृद्धि फाईनान्सको हेटौंडा र पोखरा शाखाबाट वृक्षारोपण

Jul 30, 2023 01:16 PM Merolagani



समृद्धि फाईनान्स कम्पनी लिमिटेड(SFCL)ले साउन १३ गते, शनिबार संस्थाको हेटौंडा र पोखरा शाखाबाट वृक्षारोपण कार्यक्रम समापन गरेको छ । हिजाेबाट सुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिना भित्र सम्पुर्ण १३ वटै शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

साथै फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये साउनमहिनाकोलागि तय भएको कार्यक्रमहरुको रुपमा वृक्षारोपणको सुरुवात गरेको हाे । आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ। यसैगरी, फाइनान्सले आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।




comments powered by Disqus

संस्थापक शेयर खरिद गर्न स्वीकृति दिनेलगायतका १८ निर्णय गर्याे मन्त्रिपरिषद् बैठकले

Feb 04, 2025 05:54 PM

सरकारले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।