अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
खुद बीमाशुल्क घटेपनि बीमांकिय मुल्यांकन अघिको खुद नाफा भने बढेको छ । खर्च नियन्त्रण गरी अन्य आम्दानी बढाउँदा यस अवधिमा कम्पनी नाफामा गएको हो । यस अवधिमा कम्पनीले १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।
यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ७ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ र बीमालेख धितोमा २१ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरी २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक खर्ब ७ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४२ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७० पैसा, प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ३३०.९३ गुणा बढी रहेको छ ।
यस अवधिमा इन्स्योरेन्सले ६ लाख ९३ हजार ९७२ वटा बीमालेख जारी गरेर १७ अर्ब ४६ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले २४ हजार ९३२ वटा दाबी बापत ९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३८ करोड २१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
![](https://images.merolagani.com/Uploads/Repository/638276105692450917.png)