कालिञ्चोक दर्शनको नाफा उल्लेख्य बढ्यो

Aug 16, 2023 04:09 AM Merolagani
0



कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.९९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

पर्यटकहरुको संख्यामा सुधार भएसँगै आम्दानी बढ्न गई खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी ३३.८२ प्रतिशत बढेर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ३५.०१ प्रतिशत बढेर ६ करोड ८२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ४८.६० प्रतिशत बढेको छ भने कुल खर्च ३८.९८ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २३ पैसा बढेर ५ रुपैयाँ ३२ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५७ गुणा रहेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ।




वडा अध्यक्ष मृत फेला

Apr 09, 2025 06:33 PM

बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।