सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM Merolagani



असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन पनि चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।