सातामा साढे १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Aug 19, 2023 07:05 AM Merolagani



यस साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ। गत साता २०६६.०५ विन्दुमा बन्द भएको नेप्से, यस साता १.५९ प्रतिशत अर्थात ३२.९२ अंक घटेर २०३३.१३ विन्दुमा झरेको छ।

पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार नकारात्मक भइ बन्द भएपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको हो।

यस साता सेन्सेटिभ इण्डेक्स १.७२ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.४४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा २ अर्ब १६ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब १० करोडको शेयर कारोबार भएको छ। यस साताको दैनिक औषत कारोबार रकम, गत साताको तुलनामा २.९१ प्रतिशत कम हो। यस साता दैनिक औषत शेयर संख्या १.४७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १५.५१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.५९ प्रतिशत घटेको छ। गत साता ३० खर्ब ६१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १८ अर्ब रुपैयाँ घटेर ३० खर्ब ४३ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २७.८२ प्रतिशत बढेको छ। अंकका आधारमा पनि सोही उपसमूहको परिसूचक यस साता सर्वाधिक बढेको छ। गत साता १४.७४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ४.१० अंक बढेर १८.८४ विन्दुमा पुगेको छ।

कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस साता सर्वाधिक ५.२९ प्रतिशत घटेको छ। गत साता ५६६०.०५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २९९.५५ अंक घटेर ५३६०.५० विन्दुमा झरेको छ।

यस साता नेप्सेमा ४ कम्पनीकाे १ करोड ३२ लाख ३४ हजार ६३ कित्ता शेयर सूचीकृत भएको छ। यस साता दुई कम्पनीको मर्जर पश्चातको शेयर नेप्सेमा सूचीकृत भएको हो भने दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको हो।

यस साता इमर्जीङ्ग नेपालको शेयरमूल्य सर्वाधिक १३.१८ प्रतिशत बढेको छ। गत साता ८८८ रुपैयाँमा अन्तिम कारोबार भएको यस स्टकको मूल्य यस साता १००५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस साता श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.६६ प्रतिशत घटेको छ। त्यस्तै, यस साता माउन्टेन हाइड्रो नेपाल, अभियान लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता गणपति माइक्रोफाइनान्स, रसुवागढी हाइड्रोपावर मल्टीपर्पस फाइनान्स लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा परेका छन्। त्यस्तै, यस साता सानिमा इक्विटी फण्ड, एनआईबिएल समृद्धि फण्ड लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा परेका छन्।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।