जीवन बीमा कम्पनीले बढाए दीर्घकालीन कर्जा लगानी

Aug 26, 2023 08:04 PM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका जीवन बीमा कम्पनीहरुको दीर्घकालिन लगानी तथा कर्जा बढेको छ । जीवन बीमा कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षकाे वित्तीय विवरण अनुसार  लगानी तथा कर्जा बढेको देखिएको हो ।

नेप्सेमा सूचीकृत भएका ८ जीवन बीमा कम्पनीहरुकाे दीर्घकालिन लगानी एक खर्ब २१ अर्ब ६० करोड रुपैयाँ अर्थात ४५.३६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल लाईफ इन्स्योरेन्सले सार्वधिक दीर्घकालिन लगानी तथा कर्जा परिचालन गरेको देखिन्छ । समीक्षा अवधिमा एक खर्ब ३२ अर्ब ३७ करोड रुपैयाँ प्रवाह गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६८.३५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ७८ अर्ब ६३ लाख रुपैयाँ परिचालन गरेको थियो ।

यस अवधिमा आईएमई लाईफ इन्स्योरेन्स सबै भन्दा थोरै दीर्घकालिन लगानी गरेको छ । यस कम्पनीको यस्तो प्रकारको लगानी विस्तार १० अर्ब ९ करोड रुपैयाँ छ ।

प्रतिशतको आधारमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले सर्वाधिक वृद्धि गरेको देखिन्छ । यस कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा विस्तार १७४.३६ प्रतिशतले वृद्धि भएर ११ अर्ब २८ करोड रुपैयाँ प्रवाह गरेको छ ।  अघिल्लो आर्थिक वर्षमा याे इन्स्योरेन्सले ४ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । 

त्यसैगरी हिमालयन लाईफ इन्स्योरेन्सकाे ४६ अर्ब २३ करोड रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्स ४९ अर्ब ५ करोड रुपैयाँ, सूर्यज्योती लाईफ इन्स्योरेन्स २४ अर्ब ६७ करोड रुपैयाँ लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ८१ अर्ब र एशियन लाइफ इन्स्योरेन्सको ३४ अर्ब ९५ करोड रुपैयाँ दीर्घकालिन लगानी तथा कर्जा रहेको छ ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।