सातामा करिब ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Sep 09, 2023 06:10 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेको छ। गत साता १९९०.५९ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९२ प्रतिशत अर्थात ५८.१४ अंक घटेर १९३२.४५ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २.६५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६९ प्रतिशत घटेको छ।

यस साता नेप्सेको दैनिक औषत कारोबार रकम गत साताको तुलनामा ०.३१ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या १०.६७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३.९८ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत नै घटेको छ। गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २.९२ प्रतिशत अर्थात ८७ अर्ब रुपैयाँ घटेर २८ खर्ब ९२ अर्बमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ५६१२.६७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २७१.६९ अंक घटेर ५३४०.९८ विन्दुमा झरेको छ। त्यस्तै, यस साता व्यापार उपसमूहको परिसूचक सबैभन्दा कम ०.२१ प्रतिशत घटेको छ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ३८१.८९ अंक घटेको छ। गत साता १० हजार ९००.२६ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १० हजार ५१८.३७ विन्दुमा बन्द भएको छ।

यस साता नेप्सेमा १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ। यस साता हिमाल दोलखा हाइड्रोपावर कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता शेयरमूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर १० प्रतिशतभन्दा कम रहेको छ। यस साता शुभम पावर, अप्पर साङ्गे हाइड्रोपावर, र ईङ्गवा हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

यस साता लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य सर्वाधिक ३२.४४ प्रतिशत घटेको छ। त्यस्तै, यस साता बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य २२.९५ प्रतिशत घटेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य १८.२२ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता शुभम पावर कम्पनी, थ्रीस्टार हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्। त्यस्तै, यस साता विशाल बजार कम्पनी, लिबर्टी इनर्जी कम्पनी, न्यादी हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।