शेयर गफ क्वीज, बिजेतालाई मेरो लगानीको प्रडक्ट उपहार

Sep 17, 2023 06:14 PM MEROLAGANI



मेरो लगानी डटकमले शेयर कारोवार सकिएलगत्तै सन्चालन गर्दै आएको शेयर गफमा शेयर बजार सम्वन्धि क्वीज राख्ने भएको छ । शेयर गफलाई सहभागितामुलक र रोचक बनाउन शेयर क्वीज राखिएको हो ।

हप्ताको पहिलो शेयर कारोवार दिन पछिकोे शेयर गफमा प्रश्न सोधिने छ । यसको उत्तर सहभागीहरुले शेयर गफको युट्युव भिडियोको कमेन्ट बक्समा गएर दिनु पर्नेछ । साताको अन्तिम कारोवार दिनसम्म आएका सही उत्तरमध्ये गोलाप्रथाबाट कुनै एक उत्तरलाई पुरस्कृत गरिने छ । विजेतालाई मेरोलगानीको प्रडक्ट डाटा एनलाइटिक्स उपहार स्वरुप प्रदान गरिने छ ।

शेयर गफमा यो साताको लागि प्रश्न छ 

हालसम्म लाभांश घोषणा गरेका बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभाँश कुन बैंककोे छ ?

प्रश्न पुन: एकपटक
हालसम्म लाभांश घोषणा गरेका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै कुन बैंककोे छ ?




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।