सिद्धार्थ म्युचुअल फण्डका दुई योजनाहरुको प्रतिफल वितरण

Sep 18, 2023 06:37 AM Merolagani



सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड (SEF) र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। यी फण्डहरुले भदौ २७ गतेदेखि इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गरेको हो।

सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई कर सहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गरेको हो भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (SIGS2) ले ६.५० प्रतिशतका दरले वितरण गरेको हो।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुले अद्यावधिक गराएपश्चात मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यी फण्डको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।