सिद्धार्थ म्युचुअल फण्डका दुई योजनाहरुको प्रतिफल वितरण

Sep 18, 2023 06:37 AM Merolagani



सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड (SEF) र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। यी फण्डहरुले भदौ २७ गतेदेखि इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गरेको हो।

सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई कर सहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गरेको हो भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (SIGS2) ले ६.५० प्रतिशतका दरले वितरण गरेको हो।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुले अद्यावधिक गराएपश्चात मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यी फण्डको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।