जलविद्युत कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण

Sep 19, 2023 03:15 PM Merolagani



मंगलबार दोस्रो बजारका लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुतर्फ आकर्षित भएको देखिएको छ। यस दिन जलविद्युत कम्पनीहरुको शेयरमूल्यसँगै परिसूचक पनि उच्च दरमा बढेको छ।

यस दिन सर्वाधिक शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमध्ये ९ जलविद्युत कम्पनी रहेका छन्। जसमध्ये तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शुभम् पावर, थ्रीस्टार हाइड्रोपार र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन बलेफी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने पञ्चकन्या माइ हाइड्रोपावर, बाराही हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।

मंगलबार नेप्से परिसूचक १६.२४ अंक बढेर १९८५.४३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७२ स्टकको ५० हजार २९६ पटकको कारोबारमा १ र्अ १७ करोड ६६ लाख रुपैयाँ बराबरको ४३ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १० करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ओरियन्टल होटलको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

 




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।