नबिल ब्यालेन्स्ड फण्ड २ को बुकक्लोज मिति तय

Oct 02, 2023 06:19 AM Merolagani



नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।

फण्डले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड रहेको छ।