दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 03, 2025 08:44 AM Merolagani



मंसिर १७ गते, बुधबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सिक्लेस हाइड्रोपावर (SIKLES) र आइसिएफसि फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिक्लेसले मंसिर १८ गते बुकक्लोज गर्दैछ भने आइसिएफसि (ICFC) ले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। भोली अर्थात मंसिर १८ गते उधौली पर्व तथा योमरी पुन्हीको सार्वजनिक बिदा छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी दुई कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी दुई कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिक्लेसले मंसिर २९ गते, सोमबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा २० औँ र २१ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद जारी गर्दा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समिति चयन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, आइसिएफसि फाइनान्सले मंसिर २९ गते, सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।