उप्रेती यस अघि एनआईसी एशिया बैंकको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए ।
उप्रेतीले भारतको इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विशाल उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।
![](https://images.merolagani.com/Uploads/Repository/638321113611974134.png)