एनआईसी एशिया ब्यालेन्स्ड फण्डको बुकक्लोज कहिले?

Nov 01, 2023 10:18 AM Merolagani



एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

फण्डले कात्तिक २२ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।