चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट

Nov 02, 2023 01:34 PM Merolagani



कात्तिक १६ गते, बिहीबार, चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ५९ हजार ३०० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ३४ हजार ३१७ आवेदन परेको थियो। सोमध्ये ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएको छ भने २ हजार ३८१ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।