सातामा करिब ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Nov 04, 2023 06:10 AM Merolagani



दशैं पछिको पहिलो साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। दशैं अघिको साता १९०३.८४ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९५ प्रतिशत अर्थात ५६.१४ अंक घटेर १८४७.७० विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २.५५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ३.११ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८४ अंक घटेको छ।

यस साता नेप्सेसँगै दौनिक औषत कारोबार रकम पनि घटेको छ। दशैं अघिको साता दैनिक औषतमा १ अर्ब ४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७६ करोडको मात्र शेयर कारोबार भएको छ। अघिल्लो साताको तुलनामा यस साता नेप्सेको दैनिक औषत कारोबार रकम २७.३३ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या २६.३३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण साढे २ प्रतिशत घटेको छ। दशैं अघि २९ खर्ब २१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७५ अर्ब घटेर २८ खर्ब ४६ अर्बमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा कम ०.४७ प्रतिशत घटेको छ भने सबैभन्दा बढी म्युचुअल फण्ड उपसमूहको परिसूचक ६.७९ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३८८.७९ अंक घटेको छ।

यस साता हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ११.५० प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने६ प्रतिशतभन्दा कम रहेको छ। त्यसैगरी, यस साता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १०.१३ प्रतिशत घटेको छ। कारोबारमा आएका सिंगटी हाइड्रो, सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इक्विटी फण्डको मूल्य साढे ९ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यास साता गरिमा डिबेञ्चर, २०८५, मिड सोलु हाइड्रोपावर, प्राइम कमर्सियल बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्। त्यस्तै, यस साता नेपाल लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।