एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 07, 2023 10:25 AM Merolagani



एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको प्रतिफल सुरक्षित गर्ने आज (कात्तिक २१ गते) अन्तिम दिन रहेको छ।

यी दुई फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २२ गते बुक क्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १०.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) ले कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।