Thu, Jan 15, 2026
दूरसञ्चार सञ्जालमार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, इ–मनी (विद्युतीय) वालेट लगायतको माध्यमबाट कारोबार गर्दा कहिलेकाँहि कारोबार असफल भएर बैंक खाताबाट पैसा काटिने गरेको छ। यसरी काटिएकाे पैसा अब बैंकले एक दिनमा नै फिर्ता गर्नुपर्ने भएको छ।
इस्युअर र एक्वाइरर् एउटै संस्था भएमा मनासिब कारण बाहेक कारोबार भएको अर्को दिनसम्म पैसा फिता दिनुपर्ने छ भने फरक फरक संस्था भई दुवै नेपाली संस्था भएमा बढीमा कारोबार भएको ३ दिनभित्र भित्र र इस्युअर र एक्वाइरर् फरक फरक संस्था भई कुनै एक विदेशी संस्था भएमा बढीमा कारोबार भएको ३० दिनभित्र पैसा फिर्ता गर्नुपर्ने छ। यस समयसीमा भित्र सेटलमेन्ट गर्ने र गराउने दायित्व उपकरण इस्यु गर्ने र एक्वाइरर् गर्ने दुवै संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ।
इस्युअर र एक्वाइरर् एउटै संस्था भएमा मनासिब कारण बाहेक कारोबार भएको अर्को दिनसम्म पैसा फिता दिनुपर्ने छ भने फरक फरक संस्था भई दुवै नेपाली संस्था भएमा बढीमा कारोबार भएको ३ दिनभित्र भित्र र इस्युअर र एक्वाइरर् फरक फरक संस्था भई कुनै एक विदेशी संस्था भएमा बढीमा कारोबार भएको ३० दिनभित्र पैसा फिर्ता गर्नुपर्ने छ।
यस समयसीमा भित्र सेटलमेन्ट गर्ने र गराउने दायित्व उपकरण इस्यु गर्ने र एक्वाइरर् गर्ने दुवै संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ।
बाबुकृष्ण महर्जन
पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।