मोबाइल बैंकिङ्गबाट कारोबार गर्दा असफल भएर खाताबाट पैसा काटे पनि एक दिनभित्रै पैसा फिर्ता आउने

Nov 20, 2023 05:37 PM Merolagani



दूरसञ्चार सञ्जालमार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, इ–मनी (विद्युतीय) वालेट लगायतको माध्यमबाट कारोबार गर्दा कहिलेकाँहि कारोबार असफल भएर बैंक खाताबाट पैसा काटिने गरेको छ। यसरी काटिएकाे पैसा अब बैंकले एक दिनमा नै फिर्ता गर्नुपर्ने भएको छ।

इस्युअर र एक्वाइरर् एउटै संस्था भएमा मनासिब कारण बाहेक कारोबार भएको अर्को दिनसम्म पैसा फिता दिनुपर्ने छ भने फरक फरक संस्था भई दुवै नेपाली संस्था भएमा बढीमा कारोबार भएको ३ दिनभित्र भित्र र इस्युअर र एक्वाइरर् फरक फरक संस्था भई कुनै एक विदेशी संस्था भएमा बढीमा कारोबार भएको ३० दिनभित्र पैसा फिर्ता गर्नुपर्ने छ।

 

यस समयसीमा भित्र सेटलमेन्ट गर्ने र गराउने दायित्व उपकरण इस्यु गर्ने र एक्वाइरर् गर्ने दुवै संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ।

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।