सिद्धार्थ बैंकको लाभांश वितरण

Nov 23, 2023 09:06 AM Merolagani



सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गरेको छ। बैंकले मंसिर ५ गतेदेखि नै शेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको हो।

बैंकको २२ औँ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार बैंकले मंसिर ५ गतेदेखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। सो अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको बैंक खातामा सो लाभांश पठाएको हो।

बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।