सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Nov 25, 2023 05:57 AM Merolagani



तिहार पछिको पहिलो साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। तिहार अघि १८५२.०८ विन्दुमा बन्द भएको नेप्से, यस साता ८.१२ प्रतिशत बढेर १८६०.२० विन्दुमा पुगेको छ।

यस साता फ्लोट इण्डेक्स ०.४१ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंक घटेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन नेप्से घटेको थियो। यस साता मंगलबार नेप्से परिसूचक करिब २४ अंक घटेको थियो।

नेप्से बढेसँगै यस साता कारोबार रकम पनि बढेको छ। तिहार अघिको अन्तिम साता दैनिक औषतमा ९१ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको छ। अघिल्लो साताको तुलनामा गत साता दैनिक औषत कारोबार रकम २३.८६ प्रतिशत बढेको हो। त्यसैगरी, यस साता दैनिक औषत कारोबार संख्या १७.६१ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या १२.०४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ। तिहार अघिको अन्तिम कारोबार दिन २८ खर्ब ६८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १५ अर्ब रुपैयाँ बढेर २८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.३३ प्रतिशत बढेको छ। अंकका आधारमा पनि सोही उपसमूहको परिसूचक सर्वाधिक ४१९.५८ अंक बढेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत घटेको छ। तिहार अघि ३४०४.०९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १३१.४२ अंक घटेर ३२७२.६७ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

यस साता थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २३.४५ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता हाथवे इन्भष्टमेन्टको शेयरमूल्य १७ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य करिब १७ प्रतिशत बढेको छ। कारोबारमा आएको फरवार्ड लघुवित्तको शेयरमूल्य यस साता सर्वाधिक १५.१० प्रतिशत घटेको छ। त्यस्तै, यस साता सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे १४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कर्पोरेट डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक मञ्जुश्री फाइनान्स लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छ भने जनउत्थान सामुदायिक लघुवित्त, सयपत्री हाइड्रोपावर, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।