एलन मस्कको एक ट्वीटले ७५ मिलियन डलरको घाटा ?

Nov 26, 2023 03:47 PM Merolagani



एलन मस्कको सामाजिक सञ्जाल कम्पनी "एक्स" (पहिले ट्विटर)लाई यस वर्षको अन्त्यसम्ममा करिब ७५ मिलियन डलरको घाटा हुने सम्भावना देखिएकाे छ। यो घाटा कम्पनीको विज्ञापन राजस्वमा हुने देखिन्छ । धेरै ठूला कम्पनीहरूले क्रिसमसमा आफ्नो मार्केटिङ अभियान रोकेका कारण याे घाटा हुन सक्नेछ ।

संचार माध्यमका अनुसार यो सबै एलन मस्कको एक ट्वीटका कारण भइरहेको छ। यस ट्वीटलाई लिएर मस्क यहूदी विरोधी भएको आरोप लगाइएको छ।

धेरै ठूला कम्पनीहरूले एक्समा रोके आफ्नो मार्केटिङ अभियान 

एलन मस्कले हालै एक एन्टि-सेमिटिक सोशल मिडिया पोस्टलाई समर्थन गरेका थिए। जसका कारण मस्कमाथि यहूदी विराेधलाई बढावा दिएको आरोप लागेको थियो । अमेरिकी सरकारले पनि यसको आलोचना गरेको छ । अहिले वाल्ट डिज्नी र वार्नर ब्रदर्सलगायत धेरै ठूला कम्पनीहरूले एक्समा आफ्नो मार्केटिङ क्याम्पेन बन्द गरेको खबर आएको छ। अमेरिकी संचारमाध्यमका अनुसार यो साता मात्रै २०० भन्दा बढी विज्ञापन एकाइहरू बन्द गरिएका छन् जसमा एयरबीएनबी, अमेजन, माइक्राेसफ्ट जस्ता ठूला कम्पनीहरूको विज्ञापन समावेश छ।

एक्सले हाल्यो मुद्दा

कम्पनीको ११ मिलियन डलरको आम्दानी अहिले खतरामा रहेको र यो आंकडा बढ्ने वा घट्न सक्ने बताइएको छ । केही कम्पनीले अभियान खर्चमा मार्केटिङ रोकेकाे र फर्किन सक्ने तथा केहि कम्पनीहरूले आफ्नाे प्रचारकाे खर्च पनि बढाउन सक्ने बताइएको छ ।

यसैबीच, एक्सले मिडिया वाचडग समूह मिडिया म्याटर्समाथि मुद्दा दायर गरेको छ। एक्सले मिडिया म्याटर्सले सोसल मिडिया प्लाटफर्म एक्सलाई बदनाम गरिरहेको आरोप लगाएको छ। वास्तवमा, मिडिया म्याटर्सले एउटा रिपोर्ट बनाएको थियो जसमा एप्पल र ओरेकल जस्ता धेरै ठूला ब्रान्डहरू एडल्फ हिटलर र नाजी पार्टीसँग सम्बन्धित पोस्टहरू नजिकै प्रदर्शन गरिएको आरोप लगाइएको थियो। एलन मस्कले एक्सको अधिग्रहण गरेदेखि नै एक्सको विज्ञापनको आम्दानी घटेको छ । यो मस्कले सामग्री मध्यस्थता कम गर्ने कारण हो, जसले एक्समा घृणित पोस्टहरूको संख्यामा वृद्धि गरेको छ।

ट्विटलाई लिएर विवाद

हालै एक्समा यहूदी विरोधी विरुद्धको भिडियो पोस्ट गरिएको थियो। यो पोस्टको जवाफ दिँदै, एक प्रयोगकर्ताले लेखे कि यहूदी समुदायले गोरा मानिसहरू विरुद्ध उस्तै द्वन्द्वात्मक घृणालाई बढावा दिइरहेको छ  । मानिसहरूले उनीहरूको विरुद्ध प्रयोग गर्न बन्द गरून् भन्ने उनीहरू चाहन्छन् । एलन मस्कले यो पोस्टलाई लाइक गरे र प्रतिक्रिया दिँदै उनले लेखे, "तपाईंले वास्तविक सत्य बताउनुभयो।" मस्कको यो ट्विटलाई यहूदी विरोधीको रूपमा हेरिएको थियो र यसको लागि उनको धेरै आलोचना भएको थियो।

एजेन्सी ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।