सातामा झिनो अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Dec 02, 2023 06:41 AM Merolagani



यस साता नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। गत साता १८६०.२० विन्दुमा बन्द भएको नेप्से, यस साता १.६७ अंक घटेर १८५८.५३ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार घटेको थियो भने एक कारोबार दिन बढेको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से ४७ अंकभन्दा बढी बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ०.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ।

नेप्से घटेपनि यस साता दैनिक औषत कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब १२ करोडको शेयर कारोबार भएको बजारमा यस साता १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४० करोड रुपैयाँ अर्थात ३५.६८ प्रतिशत बढी हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३७.०५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ९.२२ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि सामान्य घटेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ६८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २ अर्ब रुपैयाँ घटेर २८ खर्ब ६५ अर्बमा सीमित भएको छ।

यस साता १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत बढेको छ। अंकका आधारमा पनि यसै उपसमूहको परिसूचक सर्वाधिक १३५.८८ अंक बढेको छ। गत साता ४९९३.३४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता बढेर ५१२९.२२ विन्दुमा पुगेको छ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत घटेको छ। गत साता ११६३.९५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १३.९१ अंक घटेर ११५०.०४ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १५.१९ अंक घटेको छ।

यस साता तीन स्टकको १ करोड ९४ लाख ५८ हजार ४१६.४५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ, त्रिशुली जलविद्युत कम्पनीको आईपीओ र नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नप्सेमा सूचीकृत भएको हो।

यस साता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक १६.२५ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता सिंगटी हाइड्रो इनर्जिको शेयरमूल्य १३.८४ प्रतिशत र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य साढे ११ प्रतिशत बढेको छ। कारोबारमा आएको माउन्टेन इनर्जिको शेयरमूल्य यस साता सर्वाधिक १३.४४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन युनाइटेड इदी मार्दीको शेयरमूल्य करिब १३ प्रतिशत घटेको छ भने बोटलर्स नेपाल तराइको शेयरमूल्य ११ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मेगा म्युचुअल फण्ड १, आरएसडिसी लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर, बोटलर्स नेपाल (तराइ), लक्ष्मी लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।