प्रि ओपन सेसन अपडेटः साढे २ अंक घट्यो नेप्से

Dec 04, 2023 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ७.२९ अंक घटेर १८५१.२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५२ अंक घटेर १८४८.७० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा १४ स्टकको १२ लाख २६० रुपैयाँबराबरको १ हजार ५५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ।