मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट

Dec 05, 2023 10:08 AM Merolagani



मंसिर १९ गते, मंगलबार, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। बिक्री प्रबन्धकका अनुसार कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।