खल्तीबाट मात्र ५० रूपैयाँको टपअप मै थाइल्याण्ड घुम्ने मौका

Dec 05, 2023 03:44 PM Merolagani



‘खल्ती’ ले टपअपमा आईफोन र डायमन्ड रिङ्गको अफर पश्चात बन हाेलिडेजको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि टपअपमा थाइल्याण्ड भ्रमणको नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताले मंसिर १५ देखि  पुष २९ सम्म ५० रूपैयाँको टपअप गरि थाइल्याण्ड भ्रमणको लकि ड्रमा सहभागी हुने मौका पाउनेछन् साथै हरेक टपअपमा २५ खल्ती पोइन्ट्स पनि प्राप्त गर्नेछन्।

यो अफरमा सहभागी हुन ग्राहकले खल्तीको फिचर्ड सर्भिसेस सेक्सनमा रहेको ‘टपअपमा मा थाइल्याण्ड ट्रीप’ आईकनबाट ५० रूपैयाँको रिचार्ज गर्नुपर्नेछ। रिचार्ज गरे पश्चात केवाईसी भेरिफाइड ग्राहकहरू थाइल्याण्ड ट्रिप जित्न योग्य हुनेछन् भने २५ रूपैयाँ खल्ती पोइन्ट्स पनि तुरुन्तै आफ्नो खल्ती खातामा प्राप्त गर्नेछन्। केवाईसी भेरिफाइड ग्राहकले पनि तुरुन्तै आफ्नो केवाईसी भेरिफाइड गराई अफरमा सहभागिता जनाउन सक्नेछन्।

यसरी सहभागिता जनाउने खल्ती प्रयोगकर्ता मध्ये नै एक भाग्यशाली जोडी विजेताको घोषणा अफर सकिएको हप्ता दिन भित्रमा खल्तीको फेसबुक लाइभ मार्फत हुनेछ। ‘टपअप मा थाइल्याण्ड ट्रिप’ अफर भने मंसिर १५ देखि पौष २९ सम्म सञ्चालन हुनेछ', खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “डिजिटल भुक्तानी प्रति उत्प्रेरित गर्न हामीले प्रदान गर्दै आएका अफर मद्धे एकदमै रुचाइएको अफर टपअपको पनि हो। गएको मंसिर हामीले टपअपमा डायमन्ड रिङ्ग अफर पनि सञ्चालन गरेका थियौँ र यस ४५ दिन सञ्चालित अफर अन्तर्गत ५५ हजार + प्रयोगकर्ता अफरमा सहभागी भएका थिए। यसरी नै टपअपमा थाइल्याण्ड ट्रिप अफर मार्फत हामी थप प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्रति आकर्षित गर्दै लाभान्वित गर्ने कुरामा विश्वस्त छौँ।”

बन होलिडेजका प्रमुख कार्यकारी अधिकृतले भने ”बन होलिडेज गुणस्तरीय सेवा र सुविधा प्रदान गर्ने कम्पनिको रूपमा आफुलाई स्थापना गर्न सफल रहेको छ। यसै अनुरुप हामी थप व्यक्तिहरुलाई हाम्रो सेवा सुबिधा प्रदान गर्ने उदेश्यका साथ खल्तीसँग ‘टपअपमा थाइल्याण्ड ट्रिप ‘ अफर अन्तर्गत सहकार्य गर्दै अघि बढीरहेका छौँ। हामी यस अफरका बिजेतालाई पनि गुणस्तरीय सेवा र सुविधा प्रदान गर्ने कुरामा बिश्वस्त छौं ”

बन होलिडेजले सन् २०१४ देखि हवाई टिकट, होटल बुकिङ जस्ता सुविधाहरू उपलब्ध गराउँदै आएको छ। यसले ट्राभल एजेन्सीले हाल सम्म प्रत्यक्ष साथै बीटुबी च्यानलहरू मार्फत ७० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्न सफल भएको छ ।

सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।