आत्मदाहकाे चेतावनीसहित एक ऋणीले लेखे इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष र सिइओलाई पत्र

Dec 05, 2023 06:18 PM MEROLAGANI

इन्भेष्टमेण्ट मेगा बैंकका एक ऋणीले आत्मदाह गर्ने चेतावनीसहित बैंकका अध्यक्ष पृथ्वीराज पाण्डे र सिइओ ज्याेतिप्रकाश पाण्डेलाई पत्र लेखेका छन् । मंगलवार आफ्नै फेसवुकमा पत्र पाेष्ट गर्दै झापा मेचीनगर नगरपालिका वार्ड नम्वर ४ आमडाँगीका  राजेश बाँस्काेटाले बैंककाे व्यवस्थापनप्रति चरम असुन्तुष्टि पाेखेका छन् ।

बाँस्काेटाले उनकाे फेसवुकमा लेखे अनुसार बैंककाे असहयाेगका कारण उनका दुईवटा प्राेजेक्ट बन्द भएका छन् । जसमा भिरपाखा  रिसाेर्टसहितकाे फनपार्क र अर्काे कृषिफर्म अन्तरगतकाे गाई फर्म बन्द भएका छन् । इन्भेष्टमेण्ट बैंकसँग गाभिएकाे मेगा बैंकले २०७८ कात्तिकमा ऋण पास भएर पनि ८ महिनासम्म कर्जा प्रवाह नगरेकाे, कर्जा प्रवाह भए लगत्तै मसान्तकाे अघिल्लाे दिन किस्ता काट्ने गरेकाे आराेप लगाएका छन् । त्यस्तै कृषि अनुदानकाे रूपमा पाइने १ कराेड पनि बैंकले उपलव्ध नगराएकाे उनले बताएका छन् ।

बारम्वार धाएर गुनासाे गरेपछि  केन्द्रीय कार्यालयबाट आएका प्रतिनिधिसँग छलफल भएकाे, छलफल पछि आफुले ८ लाख रूपैयाँ बैंकलाई दिएकाे र १० दिनभित्र कर्जा रिसेडुलिङ गरेर दिने सहमति भएकाे पत्रमा खुलाएका छन् । उनले बि एण्ड सी अस्पतालबाट ८ लाख लिएर बैंकलाई दिएकाे पनि बताएका छन् ।

सहमति पछि कर्जा प्रवाह नगरेर बैकबाट आफुले धाेका पाएकाे पत्रमा खुलाएका छन् । बैंककाे हर्कतबाट आफ्नाे व्यवसाय बन्द भएकाे र परिवारमा पनि समस्या आएपछि आत्मदाह गर्नु पर्ने स्थिति आएकाे बाँस्काेटाले पत्रमा उल्लेख गरेका छन्। अाफ्नाे समस्याकाे समाधान नगरे बैंक परिसरमा आत्मदह गर्ने र यसकाे जिम्मेवारी बैंकका अध्यक्ष,सिइओ र बिर्तामाेड शाखा प्रमुखले लिनु पर्ने चेतावनी उनले  दिएका छन् ।

 

बै‌ंककाे कदमबाट बिरक्तिएका बास्काेटा अहिले दुर्गा प्रसाईकाे अभियानमा लागेका छन् । उनी अहिले मेची नगरकमिटीकाे सचिवमा रहेका छन् ।

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।