एनएमबि बैंकले पनि घटायो ब्याजदर

Dec 11, 2023 08:49 AM Merolagani



एनएमबि बैंक लिमिटेड (NMB) ले नयाँ ब्याजदर प्रकाशित गरेको छ। नयाँ सुचना अनुसार बैंकले ब्याजदर घटाएको छ। बैंकको घटेको ब्याजदर आज (मंसिर २५ गते) देखि लागु हुनेछ।

बैंकले अब अधिकतममा ९ प्रतिशत दरमा ब्याज दिने भएको छ। बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। यस अघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो।

त्यसैगरी, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको सो दरमा ब्याज दिने भएको हो। संस्थागत तर्फ भने बैंकको अधिकतम ब्याजदर ७ प्रतिशतमा झरेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।