वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुन बैंकको कति?

Dec 16, 2023 10:37 AM Merolagani



वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार बैंकहरुको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ।

समग्रमा २० वाणिज्य बैंकहरुको औषत ब्याजदर ०.६२ प्रतिशतविन्दु घटेको छ। मंसिर महिनामा ९.९१ प्रतिशत रहेको २० बैंकहरुको औषत अधिकतम ब्याजदर, पुस महिनामा घटेर ८.९९ प्रतिशतमा झरेको छ।

पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। जसमध्ये सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ। मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर, पुसमा २ प्रतिशतविन्दु घटेर ८.६०३ प्रतिशतमा झरेको छ। त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले १ प्रतिशतविन्दु ब्याजदर घटाएका छन्।

प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन्। यी दुबैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंकदर घटाएसँगै बैंकहरुले ब्याजदर घटाएका हुन्।




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।