चांगनको दिपल इभि ब्रान्ड नेपाल भित्रिदै, कस्तो छ गाडी ?

Dec 23, 2023 11:41 AM Merolagani



नेपाली बजारमा नयाँ इभि ब्रान्ड थपिने पक्का भएको छ । नेपालमा चांगनको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले दिपल ब्राण्डका विद्युतीय कार र एसयूभी नेपाल भित्र्याउने भएको हो । कम्पनीले अंग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै यो गाडीकाे ब्रान्ड नेपाल ल्याउने भएको कम्पनीले जनाएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार पहिलो चरण दिपल एस–०७ एसयूभी र एल–०७ सेडान नेपाल ल्याउने तयारी भएको छ । कम्पनीले चाडै बुकिङ खुलाउने तयारी गरिरहेको यो गाडीको लुक्स र डिजाइन आकर्षक छ ।

चिनियाँ कम्पनी दिपल एल–०७ मोडलमा ६६.८ किलोवाट आवर टेनरी लिथियम आयोन (एनएमसी) ब्याट्री हुने छ । जसले ५४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

अधिकतम पीक पावर १९० किलोवाट (२५८ पीएस) रहेको यो कारले अधिकतम टर्क ३२० एनएम प्रदान गर्छ । यो गाडीमा दिइएको ब्याट्री डिसी फास्ट चार्जरले ३५ मिनेटमै चार्ज हुने कम्पनीको दाबी छ । त्यस्तै एस–०७ चिनियाँ बजारमा दुई मोटर अप्सनमा १६० किलोवाट र १९० किलोवाटमा उपलब्ध छ । नेपाल कुन मोटर अप्सनमा आउने हालसम्म कम्पनीले आधिकारिक रुपमा जानकारी दिएको छैन ।

 

दिपल एस ०७ मा दुई ब्याट्री अप्सन दिएको छ । जसमा ६६.८ किलोवाट आवर र ७९.९७ किलोवाट आवरको दुई ब्याट्रीले क्रमश ५२० , ६२० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यो गाडीमा एलइडी,पानारोमीक ग्लास रुफ, हाइट एड्जस्टएबल हेडलाइट,फ्रेमलेस ढोका,अटो फ्रन्ट डिफगिङ सिस्टम,इलेक्ट्रीक हिडन डोर ह्याण्डल लगाएतका फिचर दिइएको छ । यी लगाएत धेरै इलेक्ट्रिक फिचर यो गाडीमा छन । यो गाडी निकै स्मार्ट छ ।

१४.६ इन्चको टच स्कृन,१०.२ इन्चको एलसीडी मिटर, १४ वटा स्पीकर, वारलेस चार्जरपनि पाउन सकिन्छ । गाडीमा दुई दर्जन बढी सुरक्षा फिचर रहेका छन । हालसम्म कम्पनीले मूल्य भने सार्वजनिक गरेको छैन ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।