बालकुमारी घटनामा दुईजनाको मृत्यु भएपछि गृह मन्त्रालयद्वारा तीन सदस्यीय छानबिन समिति गठन

Dec 29, 2023 04:57 PM Merolagani



बालकुमारी घटनामा दुईजनाको मृत्यु भएपछि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । बालकुमारी घटना र प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा छानबिन समिति गठन गरेको हाे ।

छानबिन समिति प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) लालमणी आचार्यको नेतृत्वमा गठन गरिएकाे छ ।

उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) बासु सिग्देल पनि रहेका छन् । छानविन समितिले सात दिन भित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।




comments powered by Disqus

गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?