गत साता ३ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

Jan 21, 2024 06:21 AM Merolagani



गत साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढी बढेर बन्द भएको थियो। अघिल्लो साता २०८८.९९ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.२० प्रतिशत अर्थात ६६.८३ अंक बढेर २१५५.८२ विन्दुमा पुगेको थियो।

सो साता ४ कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। सो साताको पहिलो दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो। साताका अन्तिम दुई कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखिएको थियो।

‘पर्ख र हेर’ को अवस्था

नेप्से हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। हालको लागि नेप्सेको सपोर्ट जोन २०२० देखि २०६० सम्म रहेको छ भने रेसिस्टोन्स जोन २२४० देखि २२८० सम्म रहेको छ।

ट्रेण्ड रिभर्सलको संकेत

साताको अन्तिम कारोबार दिन नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ। यो एक ट्रेण्ड रिभर्सल मैनबत्ती हो। कारोबार अवधिभर बिक्रीचाप बढी भएपनि अन्तिम समयमा खरिदकर्ताहरु हाबी भएपछि यस्तो मैनबत्ती बन्ने गर्दछ। यसले आगामी दिनमा नेप्से उकालो लाग्ने संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको दैनिक औषत कारोबार रकम ५ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम ३४.८७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा नै रहेको छ। यसले हाल बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। साताको पहिलो कारोबार दिन नै नेप्सेले बुलिश क्रशओभर बनाएको थियो। जसले आगामी दिनमा नेप्से बढ्ने संकेत गर्दछ।

खरिदचाप बढी

गत साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से ओभरबट जोनमा पुगेको छ। यसले सो दिन बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।