महुली लघुवित्तको नाफा सामान्य घट्यो, प्रतिशेयर आम्दानी कति?

Feb 06, 2024 01:46 PM Merolagani



महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २३.५३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २८ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २१.६८ प्रतिशत र सञ्चालन मुनाफा १.४६ प्रतिशत घटेको छ।

लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ०.१५ प्रतिशतविन्दु घटेर ४.६४ प्रतिशतमा झरेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज ५ करोड ४२ लाख रुपैयाँबाट घटेर १ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ। फलस्वरुप खुद ब्याज आम्दानीको तुलनामा खुद नाफाको गिरावट दर कम भएको हो। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ७ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ३९ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ५८ पैसा घटेर १६ रुपैयाँ २० पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५४.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ६६ पैसा रहेको छ।

३२ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३० करोड ८३ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले ३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।