सिटि होटलको आम्दानी बढेसँगै नोक्सानी घट्यो

Feb 11, 2024 06:50 AM Merolagani



सिटि होटल लिमिटेड (CITY) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटललको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड २४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको यस होटलले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ७९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

होटलको आम्दानी बढेसँगै खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी १४.६१ प्रतिशत बढेर २४ करोड ३० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल आम्दानी समीक्षा अवधिमा २४.९८ प्रतिशत बढेको छ भने कुल खर्च १८.३२ प्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा होटलको प्रतिशेयर आमदानी १४ रुपैयाँ १० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ५० पैसा रहेको छ।

१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको अन्य इक्विटी ५ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।