ओरियन्टल होटलको नाफा र ईपीएस दुबै बढ्यो

Feb 11, 2024 09:07 AM Merolagani



ओरियन्टल होटल लिमिटेड (OHL) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटललको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा होटलले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै होटलको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा होटलको आम्दानी २७.५७ प्रतिशत बढेर ५६ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल नाफा २४.६१ प्रतिशत, कुल खर्च २२.६८ प्रतिशत बढेको छ र सञ्चालन मुनाफा ३५.२१ प्रतिशत बढेको छ।

नाफा बढेसँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ३ रुपैयाँ बढेर ९ रुपैयाँ ४८ पैसा पुगेको छ। सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.३२ गुणा रहेको छ।

१ अर्ब १२ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा २ अर्ब ७३ करोड ६४ लाख रुपैयाँ रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।