ओरियन्टल होटलको नाफा र ईपीएस दुबै बढ्यो

Feb 11, 2024 09:07 AM Merolagani



ओरियन्टल होटल लिमिटेड (OHL) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटललको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा होटलले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै होटलको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा होटलको आम्दानी २७.५७ प्रतिशत बढेर ५६ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल नाफा २४.६१ प्रतिशत, कुल खर्च २२.६८ प्रतिशत बढेको छ र सञ्चालन मुनाफा ३५.२१ प्रतिशत बढेको छ।

नाफा बढेसँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ३ रुपैयाँ बढेर ९ रुपैयाँ ४८ पैसा पुगेको छ। सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.३२ गुणा रहेको छ।

१ अर्ब १२ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा २ अर्ब ७३ करोड ६४ लाख रुपैयाँ रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।