प्रि ओपन सेसन अपडेटः करिब १ अंक घट्यो नेप्से

Feb 15, 2024 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५.९१ अंक बढेर २०७६.५० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८८ अंक घटेर २०७५.६२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५४ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३० स्टकको १५ लाख २५ हजार ९३४ रुपैयाँ ९० पैसाबराबरको ३ हजार ९३० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।