जापानले बनायाे विश्वको पहिलो काठको भूउपग्रह

Feb 22, 2024 02:42 PM Merolagani



जापानी वैज्ञानिकहरूले विश्वको पहिलो काठको भूउपग्रह बनाएका छन्। बेलायती सञ्चारमाध्यम ‘द गार्डियन’को रिपोर्टअनुसार काठबाट बनेको विश्वको पहिलो भूउपग्रह छिट्टै अमेरिकी रकेटबाट प्रक्षेपण गरिने भएको छ । यसका लागि तयारी भइरहेको छ ।

क्योटो विश्वविद्यालयका एयरोस्पेस इन्जिनियरहरूले यसलाई बनाएका हुन्। यसलाई लिग्राेस्याट नाम दिइएको छ। यसले अन्तरिक्ष प्रदूषण कम गर्ने बताइएकाे छ। जुन काठले याे स्याटलाइट बनेको छ, याे सजिलै भाँचिदैन ।

स्याटलाइटमा मङ्गोलियन काठकाे प्रयोग

अन्तरिक्षमा धेरै देशका भूउपग्रहहरू छन् । केहि समय पछि याे स्टालाइट आफै विनाश हुनेछ। यसको टुक्राहरू अन्तरिक्षमा घुमिरहन्छन्। तर केही टुक्राहरू भने पृथ्वीमा खस्नेछन् । जसले कहिलेकाहीँ विनाश निम्त्याउन सक्छ।

फोहोरबाट बच्न र अन्तरिक्षमा हुने प्रदुषण कम गर्न जापानी वैज्ञानिकले काठको भूउपग्रह बनाएका हुन् । यो भूउपग्रह मङ्गोलियाकाे काठबाट बनाइएको वैज्ञानिकहरुले बताएका छन् । यो स्थिर छ र भाँचिने छैन।

बायोडिग्रेडेबल काठ 

क्योटो युनिभर्सिटीका इन्जिनियर कोजी मुराताका अनुसार स्याटलाइटमा प्रयाेग भएकाे काठ बायोडिग्रेडेबल हुनेछ। यसको अर्थ यो स्याटलाइट वातावरण मैत्री रहेकाे छ। अर्को शब्दमा, बायोडिग्रेडेबल चीजहरू प्रकृतिमा प्राकृतिक रूपमा नष्ट हुन्छन् र वातावरणलाई हानी गर्दैनन्। यसैलाई ध्यानमा राखेर काठको भूउपग्रह बनाइएको हो ।

काठको स्याटेलाइट नै किन ?

क्योटो युनिभर्सिटीका अर्का इन्जिनियर ताकाओ डोईले धातुबाट बनेका भूउपग्रहहरू अन्तरिक्षमा नष्ट हुने बताएका छन्। यसका टुक्राहरू कैयाैं पटक पृथ्वीमा फर्किनेछन् र पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ बल्नेछन्। यी टुक्राहरू जल्नासाथ सानो एल्युमिनियमका कणहरू बनाउँछन्। यी कणहरू धेरै वर्षसम्म माथिल्लो वायुमण्डलमा रहन्छन्। यसले पृथ्वीको वातावरणमा नराम्रो असर गर्छ ।

मेटल स्याटलाइटले ओजोन तहको लागि खतरा निम्त्याउन सक्ने

‘द गार्डियन’को रिपोर्टअनुसार भविष्यमा वार्षिक २ हजारभन्दा बढी अन्तरिक्ष यान (स्पेसक्राफ्ट) प्रक्षेपण हुने अनुमान गरिएको छ । यसले माथिल्लो वायुमण्डलमा ठूलो मात्रामा एल्युमिनियम जम्मा गर्ने सम्भावना हुन्छ। यसले ठूलो समस्या निम्त्याउन सक्छ।

केही अनुसन्धानमा याे काठकाे स्याटलाइटले ओजोन तहलाई पनि कमजोर बनाउने दाबी गरेकाे छ। ओजोन तहले पृथ्वीलाई सूर्यको खतरनाक अल्ट्राभाेइलेट किरणहरूबाट जोगाउँछ।

 एजेन्सी ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।