प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

Feb 25, 2024 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २०.७६ अंक घटेर २००५.८३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०५ अंक बढेर २००६.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा २७ स्टकको १४ लाख ७५ हजार २७० रुपैयाँ ४० बराबरको २ हजार ५७८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।