राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

Feb 27, 2024 02:33 PM Merolagani



राष्ट्रिय वाणिज्य बैंक लिमिटेड(RBB) र नेपाल भलिबल संघबीच आठौं RBB-NVA महिला तथा पुरुष भलिबल च्याम्पियनशिप–२०८० प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका थिए ।

२०८० चैत ३ गतेदेखि १० गतेसम्म आयोजना हुने राष्ट्रिय लिग प्रतियोगिताका नामको अगाडि RBB-NVA नाम राख्नु पर्नेछ । प्रायोजन स्वरुप बैंकले संघलाई १८ लाख रुपैंया प्रदान गर्नेछ । उक्त प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ९ गरी जम्मा २१ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडि बढ्ने बताए । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले राष्ट्रिय वाणिज्य बैंक जस्तो ठूलो प्रायोजकको आगमनबाट राष्ट्रिय खेलको रुपमा मानिएको भलिबल खेलको थप बिकास र विस्तारमा सहयोग पुगेको बताए ।

उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, नेपाल भलिबल संघका पूर्व अध्यक्ष मनोरञ्जन शर्मा लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।