नासा सेक्यूरिटिजले संचालनमा ल्यायो अत्याधुनिक प्रविधिसहितको आफ्नै नयाँ टिएमएस

Jun 08, 2025 04:53 PM Merolagani



ब्रोकर नम्बर ५८, नासा सेक्यूरिटिजले अत्याधुनिक प्रविधिसहितको आफ्नै कारोबार प्रणाली नासा एक्स संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायाण श्रेष्ठको हातबाट शेयर कारोबार प्रणाली नासा एक्स संचालनको शुभारम्भ गरिएको हो ।

देश विदेशमा रहेका आफ्ना लाखौं ग्राहकहरुलाई छिटो, छरितो सेवा र प्रयोगकर्ता मैत्री अनुभव दिन सो कारोबार प्रणाली संचालनमा ल्याइएको हो । नासा एक्सले नासाका चार लाख भन्दा धेरै लगानीकर्तालाई सहज, सरल र विश्वासनीय रुपमा सेयर कारोबार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस प्रणालीमा विश्वमा प्रचलित कारोबार अभ्यासहरुलाई समेटेर प्रविधिको नविनतम प्रयोग गरिएको नासा सेक्यूरिटिजले बताएको छ ।

नासा एक्स अब ग्राहकहरुले नयाँ वेब (https://x.naasasecurities.com.np/ र मोबाइल प्लेटफर्महरु मार्फत कुनै पनि समय र स्थानबाट आफ्ना कारोबारको पूर्ण जानकारी राख्न सक्ने भएका हुन । जहाँ प्रयोगकर्ताले सुविधाजनक रुपमा तत्काल कोल्याट्रल राख्न र झिक्न, रियल टाइम मार्केट अपडेट जस्ता धेरै सुविधाहरु प्राप्त गर्न सक्ने ब्रोकरले बताएको छ ।

नासा सेक्युरिटिज नेपालको अग्रणी ब्रोकर कम्पनी हो । पूर्ण रुपमा एकीकृत ट्रेडिङ्ग पूर्वाधार सार्वजनिक गरेर नेपाली पूँजीबजारको कोसेढुङ्गा सावित हुने दिशामा कम्पनीले पहलकदमी लिएको छ ।


ब्रोकरले ल्याएको कारोबार प्रणाली नासा एक्समा रियलटाइम इन्फर्मेशन ड्यासबोर्ड, एउटै प्लेटफर्ममा प्राविधिक चार्ट पहुँच, रियलटाइम सेयर बिक्री गरेको रकम धितोमा आएर लोड हुने, ग्राहकहरुले आफैँ रकम झिक्न सक्ने, प्रतिक्रिया र समस्या रिपोर्टका लागि च्याट बुट, केवाईसी, ट्रेडिङ, खाता विवरण, टिकट आदि को लागि एकल साइन–इन सुविधा, नासा वेबसाइटमा निःशुल्क ट्रेडिङ स्कूल, जसले सबैलाई वित्तीय-ट्रेडिङ ज्ञान प्रदान  गर्ने लगाएतका  मुख्य विशेषता रहेका छन ।

त्यसैगरी, नासा सेक्यूरिटिजले नेपालमा पहिलोपटक इनोभेटिभ चार्ट बेस्ड ट्रेडिङ्ग विशेषता भित्र्याउने काम अगाडि बढाएको छ । यो सेवा पनि आफ्ना ग्राहकहरूलाई चाँडै उपलब्ध गराईने छ ब्रोकरले जानकारी गराएको छ । यसबाट प्रयोगकर्ताले चार्टबाट सिधै खरिद र बिक्रीको आदेश प्रविष्ट गर्न सक्नेछन् । यसले लगानीकर्ताहरुलाई एक ठाउँमा प्राविधिक विश्लेषण गरी खरिद बिक्री आदेशका लागि पुनः टिएमएसमा आउनुपर्ने झन्झटबाट मुक्ति दिने ब्रोकरको दावी छ ।

नासा एक्सले डिजिटाइजेसन, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा कम्पनीको प्रतिबद्धतालाई मूर्त रुप दिने र नेपालको वित्तीय क्षेत्रमा नवप्रवर्तनका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने कम्पनीले विश्वास गरेको छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।