प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

Jun 10, 2025 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २३.१९ अंक बढेर २६५३.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२१ अंक बढेर २६५४.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४९ स्टकको ९७ पटकको कारोबारमा २ करोड ६ लाख ३२ हजार १५८ रुपैयाँ ३७ पैसाबराबरको ३९ हजार ५४४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।