धितोपत्र बोर्डद्धारा मार्जिन कारोबार सम्बन्धी व्यवस्थालाई समसामयिक बनाउन ४ सदस्यीय समिति गठन

Jul 31, 2025 06:08 PM Merolagani



नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी व्यवस्थालाई समसामयिक बनाउन ४ सदस्यीय समिति गठन गरेकाे छ। बोर्डले कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो ।

धितोपत्र बोर्डका अनुसार सुपरभिजन प्रमुख रुपेश केसी, कानून विभागबाट निरञ्जय घिमिरे, रेगुलेसन विभागबाट अम्बिका गिरी र एक सदस्य ब्रोकर नियमन बिभागबाट गरेर ४ सदस्य रहेका छन् ।

उक्त समितिले अहिले भइरहेकाे मार्जिन कारोबार सम्बन्धी व्यवस्थालाई समसामयिक बनाएर पेश गर्नेछ । मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७५ अस्पस्ट रहेकाे भन्दै ब्राेकरहरुले काराेबार सुरु गरेका छैनन् ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।