अमेरिकाकाे भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने !

Aug 06, 2025 03:15 PM mero lagani



संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा बढ्दो आप्रवासको समस्यालाई समाधान गर्न भन्दै भिसा नीति थप कडा गरेको छ ।

यो अनुसार टूरिस्ट वा बिजनेस भिसाका लागि आवेदन गर्दा न्यूनतम ५ हजारदेखि बढीमा १५ हजार डलरसम्म धरौटी राख्नु पर्नेछ । कुन देशको लागि कति धरौटी तोक्ने भन्ने निर्णय क्रमिक रुपमा गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार धरौटी रकम अमेरिका पुगेर फर्किएपछि फिर्ता हुनेछ । तर नफर्किने वा भिसा अवधि भन्दा लामो समय (ओभर स्टे) बस्नेहरुको धरौटी जफत हुनेछ ।

‘व्यापारिक प्रयोजनका लागि या अस्थायी भिजिटर या मनोरञ्जनका लागि  भिसा आवेदन (बी-१/बी-२) गर्ने विदेशी तथा विदेश मन्त्रालयले तयार पारेको जानकारीअनुसार भिसा अवधि सकिएर पनि बसिरहने दर उच्च भएका देशका नागरिकहरू जहाँ जाँचका लागि आवश्यक जानकारी अपुग रहने गरेको देखिन्छ वा अथवा लगानीका आधारमा नागरिकता लिने विदेशी वा कुनै आवासीय आवश्यकताबिना नागरिकता प्राप्त गरेका विदेशीहरू यो नमुना कार्यक्रमबाट प्रभावित हुन सक्छन्। ’

विदेश मन्त्रालयले मङ्गलवार प्रकाशित गरेको सूचनामा भनिएको छ । अहिलेलाई अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिजनेस भिसाका लागि आवेदन गर्दा १५,००० अमेरिकी डलर धरौटी राख्नुपर्ने नियम लागू गरिएको विदेश मन्त्रालयले उल्लेख गरेको छ। अरू देशका नागरिकहरूले पनि छिट्टै त्यसैगरी धरौटी रकम जम्मा गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल आरम्भ भएको पहिलो दिन भिसा जारी गर्दा धरौटी लिन सकिने प्रावधान सहितको कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

विदेश मन्त्रालयका अनुसार मलावीका झन्डै १४ प्रतिशत र जाम्बियाका ११ प्रतिशत नागरिकहरू भने भिसा अवधिभन्दा बढी समय बस्ने गरेको पाइएको उक्त मन्त्रालयले जनाएको छ।

भिसा अवधिभन्दा बढी समय बस्ने नागरिकहरूमा हेइटीका ३१ प्रतिशत, म्यान्मारका २७ प्रतिशत र यमनका २० प्रतिशत छन्।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।