बुधबारको बजार ५.९१ अंकले घटेर २७७०.९९ विन्दुमा झरेको छ । यस दिन ५ अर्ब २० करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । यसले लगानीकर्ताहरु बजार अझै केही समय साईडवयजमा रहने आंकलन गर्न थालेका हुन । 
बजार उतारचढाब भएर साईडवयजमा रहँदा शेयर एक्युमुलेसन हुने गरेको छ । निरन्तर घटेको बजारले तल्लो विन्दुमा एउटै तहमा रहनुले सस्तोमा शेयर एक्युमुलेसन भइरहेको संकेत गर्ने लगानीकर्ताहरुको बुझाई छ । बजारले एउटा उचाइ बनाएर साईडवयजमा छ । अब केही समय सूचक स्थिर भएर बढ्नेमा लगानीकर्ता आशावादी भएको पाइन्छ ।