धितोपत्र बोर्डका कामु निर्देशक केसीको संयोजकत्वमा पुँजीबजार सुधार कार्यदल गठन

Sep 19, 2025 01:39 PM Merolagani



पुँजीबजारको समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले ४ सदस्य रहेको कार्यदल गठन गरेका छन् । शुक्रबार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन गरेका हुन् ।

जेनजी आन्दोलनपश्चात् एक हप्ता भन्दा बढी समय बन्द भएर बिहीबार खुलेको सेयर बजार १६० अंकले घटेपछि अर्थमन्त्री रामेश्वर खनालले कार्यदल गठन गरेर नै सेयर बजारमा देखिएका समस्या समाधान गर्न खोजेका हुन् ।

कार्यदलमा सेबोनका केसीसँगै नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेको छ । निरौलालाई कार्यदलको सचस्य सचिव तोकिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेयले पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि ठोस कार्यान्वयन कार्ययोजना प्रस्तुत गर्ने गरी उक्त कार्यदल गठन गरिएको हो । कार्यदललाई ५ दिनभित्र सुझाव तथा कार्यान्वयन कार्ययोजना पेश गर्नुपर्ने कार्यादेश रहेको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीस्तरीय निर्णय मार्फत उक्त कार्यदल गठन गरेका हुन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।