सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ । जसमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियन रहेका छन ।
चाँदीको सिक्का किन्न नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्ने केन्द्रिय बैंकले बताएको छ ।
