मिरज ढुंगानाले भाेलि पार्टी खाेल्ने तर प्रत्यक्ष कार्यकारीकाे निर्वाचन नभएसम्म चुनाव नलड्ने

Oct 17, 2025 05:03 PM merolagani



जेनजी अभियन्ता  मिरज ढुंगानाले पार्टी घोषणा गर्ने भएका छन्। गरिखान देउ अभियानका संयोजक ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवामध्येका हुन् ।

शनिबार काठमाडौँको होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेको उनले बताएका छन्।

टिकटकमा एक भिडिओ सार्वजनिक गर्दै उनले पार्टी खोल्नै पर्ने अवस्था आएको र त्यसका लागि वार्ता समितिले काम गरिरहेको बताएका हुन्।

'राजनीतिक दल खोल्नुको अर्थ यो हैन कि हामी देशको अहिले भएकै अवस्थामा चाहिँ निर्वाचनमा जान्छौँ', उनले भनेका छन्, 'जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।'