टाटा सिएरा नोभेम्बर २५ मा आधिकारीक लन्च हुने, कुन भेरियन्टको कति मूल्य ?

Nov 04, 2025 01:20 PM merolagani



टाटा सिएर आगामी २०२५ नोभेम्बर २५ मा आधिकारिक लन्च हुँदैछ ।

टाटा मोटर्सकाअनुसार, टाटा सियरा सुरुमा पेट्रोल र डिजेल इन्जिनमा मात्र उपलब्ध हुनेछ । नयाँ १.५ लिटर पेट्रोल र १.५ लिटर टर्बो मोटर हुने अपेक्षा गरिएको छ । सियरा इभी भने सन् २०२६ को सुरुमा लन्च हुनेछ । यसका पावरट्रेनहरु ह्यारिएर इभीबाट नै प्राप्त हुने कम्पनीले जनाएको छ ।

टाटाले नयाँ सियरालाई ट्रिपल स्किन सेटअप, भेन्टिलेटेड फ्रन्ड सिटहरु, प्यानोरामिक सनरुफ, ४–स्पोक स्टेयरिङ ह्रिवल, एम्बियन्ट लाइटिङ, वायरलेस फोन चार्जरलगायतका विभिन्न सुविधाहरु समावेश गरेको छ ।

टाटा सिएराले हुन्डाई क्रेटा, किया सेल्टोस, होन्डा एलिभेट, मारुति ग्रान्ड भिटारा, स्कोडा कुशाक, टोयोटा हाइराइडर र फक्सवागन ताइगुनसँग प्रतिस्पर्धा गर्नेछ।

सिएरा एसयूभी लाइनअप धेरै पावरट्रेन विकल्पहरूसँग आउनेछ, पेट्रोल–संचालित (एनए) आधार भेरियन्टको लागि अनुमानित मूल्य ११ लाख रुपैयाँदेखि शीर्ष–अन्त भेरियन्टको लागि २१ लाख रुपैयाँसम्म जनाइएको छ ।

एकल मोटरको साथ सानो ब्याट्री ब्याक भएको एन्ट्री–लेभल भेरियन्टको लागि इलेक्ट्रिक संस्करणको मूल्य लगभग १८ लाख रुपैयाँ हुने सम्भावना छ र शीर्ष विशिष्ट ट्रिमको लागि लगभग २५ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।