बालेनलाई “ठेगान लगाउने” दुर्गा प्रसाईंको चेतावनी

Nov 09, 2025 01:06 PM Merolagani



मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न सुकुम्बासीहरूलाई सहयोग गर्ने घोषणा गरेका छन्।

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर सम्बोधन गर्दै उनले मेयर शाहविरुद्धको संघर्षमा सघाउने बताएका हुन्। महानगरले बस्ती खाली गर्न दिएको एक हप्ताको अल्टिमेटम सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा खुलेका हुन्। साथै, उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सबैलाई सहभागी हुन आह्वान गरे।

प्रसाईंले सुकुम्बासीहरूलाई धम्की दिने वा घर तोडफोडमा संलग्न हुने व्यक्तिहरूका घरपरिवारलाई पनि त्यस्तै व्यवहार गरिने चेतावनी दिए। उनले सम्पूर्ण राजनीतिक दल र मेयर बालेन शाहलाई “ठेगान लगाउने” चेतावनीसमेत दिए। यस क्रममा उनले बालेन शाहसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको आरोपसमेत लगाए।

दलहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको दाबी गर्दै प्रसाईंले आफूले भोट नमाग्ने तर सबैलाई पक्की घर बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए। महानगरको अल्टिमेटम सकिनै लाग्दा प्रसाईंको यो अभिव्यक्तिलाई बालेन शाहविरुद्धको नयाँ राजनीतिक मोर्चाबन्दीका रूपमा हेरिएको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।